(१) यस ऐन बमोजिमको म्यादभित्र बुझाउनु पर्ने कर कुनै करदाताले नबुझाएमा ....... सम्बन्धित कर अधिकृतले देहायका कुनै वा सबै तरिका अपनाई कर असुल गर्न सक्नेछ:–
(क) करदातालाई फिर्ता गर्नु पर्ने रकम भए त्यसमा कट्टा गरेर ।
(ख) करदाताको चल तथा अचल सम्पत्ति कब्जा गरेर ।
(ग) करदाताको सम्पूर्ण वा केही सम्पत्ति एकै पटक वा पटक पटक गरी सिलबन्दी बोलपत्र वा सार्वजनिक बढाबढद्वारा लिलाम बिक्री गरेर ।
(घ) बैंक तथा अन्य वित्तीय संस्थामा रहेको करदाताको रकमबाट कट्टा गर्न लगाएर ।
(ङ) नेपाल सरकार वा नेपाल सरकारको स्वामित्वमा भएको कुनै सङ्गठित संस्था वा स्थानीय तहहरुबाट करदाताले पाउने रकमबाट कट्टा गर्न लगाएर ।
(च) कुनै तेस्रो व्यक्तिले करदातालाई तिर्नुपर्ने रकम दावी गरेर ।
(छ) करदाताको आयात निर्यात र अन्य कारोबार रोक्का गरेर ।
(ज) नेपाल बाहिर जान रोक लगाएर ।(झ) म्यादभित्र बुझाउनु पर्ने कर नबुझाउने करदाताको नाम प्रकाशन वा प्रसारण वा विभागको वेबसाइटमा सार्वजनिक गरेर ।
(२) उपदफा (१) बमोजिम कर अधिकृतले गरेको कारबाहीको जानकारी चौबिस घण्टाभित्र महानिर्देशकलाई दिनु पर्नेछ ।
(३) कर असुली वा फिर्ता गर्दा एक रुपैयाँ भन्दा घटी भएको रकमलाई हिसाबमा गणना गरिने छैन ।